झापा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज गृह जिल्ला झापा आउँदैछन् । 

चुनावी अभियान अन्तर्गत ओली आज झापा आउने कार्यक्रम तय भएको एमाले झापाका अध्यक्ष दीपक कार्कीले जानकारी दिए । 

कार्कीका अनुसार आज (बिहीबार) तीन स्थानमा अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । भद्रपुरमा ११ बजे, मेचीनगरमा १ बजे र बिर्तामोडमा ४ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको जिल्ला अध्यक्ष कार्कीले जानकारी दिए । 

उनले स्थानीय तह निर्वाचनको सङ्घारमा कार्यकर्ता भेटघाटको कार्यक्रम आयोजना गरिएको बताएका छन् ।