धरान : छथरे समाज धरानको २१ औँ स्थापना दिवस विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । 

धरानमा रहेर विभिन्न सामाजिक कार्य गर्दै आएको छथरे समाज धरानको बिहीबार सम्पन्न स्थापना दिवसको प्रमुख अतिथि पूर्व १ नम्बर प्रदेश प्रमुख डा. गोविन्द सुब्बा रहेका थिए । उनले कार्यक्रमलाई छथरे लिम्बु भाषामा सम्बोधन गर्दै पछिल्लो समय छथरे लिम्बु भाषा बोल्न छाडिएको र यसको संरक्षण र सम्र्वद्धनमा छथरे लिम्बुहरू लाग्नुपर्ने बताए । 

कार्यक्रममा समाजका संस्थापक अध्यक्ष भूतपूर्व गोर्खा मेजर झप्टमान पारघरीलाई छथरे समाजका ८७ वर्षीय ज्येष्ठ नागरिक सम्मान गरिएको थियो । स्थापना दिवसमा जगत रानामगर, पेपराज माबुहाङ, हिमाली लिम्बू र छथरे समाजका कलाकारहरूले आ आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए । कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष देवकुमार पारघरीले गरेका थिए । 

छथरे समाज धरानमा बसोबास गर्ने छथर क्षेत्रमा बसोबास गर्ने छथरे लिम्बुहरूको साझा संस्था हो । यसले धरानमा रहेर विभिन्न सामाजिक कामहरू गर्दै आएको छ भने छथर क्षेत्रको ऐतिहासिक थाक थलोहरूको संरक्षण र प्रवर्द्धनमा पनि निकै सक्रिय भएर काम गर्दै आएको छ । 

Chatthare-samaj-1