धरान : मोरङ र सुनसरीको छुट्टा छुट्टै दुई स्थानबाट निषेधित लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

हिजो दिउँसो विराटनगर–१५ स्थितमा चेक जाँचको क्रममा लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारत जोगवनीबाट नेपाल आउँदै गरेका मोरङ बेलबारी नगरपालिका–३ का ३८ वर्षीय सतिष कुमार सुवेदीको साथबाट लुपिजेसिक–७ एम्पुल, एभिल ७ एम्पुल, डाईजेल्याब ७ एम्पुल र फेनरगन ७ एम्पुल सहित बरामद गरेको हो, यसै गरी सुनसरीको वराहक्षेत्र–४ मा रहेको अस्थायी प्रहरी चौकी नडाहाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा को.३६प ७६०३ नम्बरको मोटरसाइकलमा सवार रहेका भारत विहारका ४० वर्षीय जमिर मन्सुरी र देवानगंज–४ सुनसरीका ४० वर्षीय भुवनेश्वर मेहताको साथबाट लुपिजेसिक ४० एम्पुल, डाइजेपाम ४० एम्पुल, फेनारगन ४० एम्पुल, एभिल ४० एम्पुल, ट्रामाडोल ११०० क्याप्सुल बरामद गरेको हो ।

निषेधित लागुऔषध सहित पक्राउ परेका तीनै जनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।