धरान : ३० वैशाखमा सम्पन्न हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर स्थानीय तह निर्वाचन रिपोर्टिङ प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 

नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिको आयोजनामा इटहरीमा सम्पन्न भएको प्रशिक्षणमा स्थानीय तह निर्वाचनमा कसरी रिपोर्टिङ गर्ने ? निर्वाचन आचार संहिताको पालना लगायतका विषयमा प्रशिक्षण दिइएको थियो । 

प्रदेश १ का १० र मधेस प्रदेशका १० गरी २० जना क्रियाशील पत्रकारहरूको सहभागिता रहेको प्रशिक्षणमा एफएचआईका सन्तोष सिग्देल, वरिष्ठ पत्रकार भवानी बरालले सहजीकरण गरेका थिए भने निर्वाचन आचार संहिताको बारेमा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य अमर खडकाले सहजीकरण गरेका थिए ।