धरान : आज निर्वाचन आयोगले निर्वाचन चिन्ह प्रदान गरेर प्रचार प्रसारमा लाग्न तयारी गरिरहेको बेलामा सुनसरीमा एक जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भएकी छन् ।

जिल्ला निर्वाचन कार्यालय सुनसरीले दिएको जानकारी अनुसार सुनसरीको भोक्राहा–नरसिंह गाउँपालिका वडा नं. ८ का दलित महिला वडा सदस्य पदमा विमला देवी मोची निर्विरोध निर्वाचित भएकी हुन् । उनी नेपाली काँग्रेसबाट उम्मेदवार बनेकी थिइन् । 

Nirbachit