इटहरी : इटहरी उपमहानगरपालिकाका मेयरका उम्मेदवार हेमकर्ण पौडेलले बर्सेनी डुबानको समस्या झेल्दै आएका इटहरीवासीको समस्या समाधान गर्ने बाचा गरेका छन् । हरेक वर्ष डुबानको कारण ठुलो धनजनको क्षति हुने गरेका भन्दै उनले डुबानको त्रासबाट मुक्ति दिलाउने बताएका हुन्। 
सेराखोला, बुढिखोला र टेँग्राखोलाको बाढी र डुबानको त्रासमा इटहरीवासी त्रसित भएर बस्नुपर्ने अवस्था आएको पौडेलको भनाई छ । गैरी गाउँका जनतालाई तटबन्धको आस देखाएर भोट माग्नेहरू अहिले बेखबर भएको बताउँदै उनले आफू निर्वाचित भएको पहिलो दिन देखी दीर्घकालीन समस्या समाधानमा लाग्ने उद्घोष गरे ।  
डुबानलाई बल्झिरहने घाउ बनाएर भोट माग्ने पक्षमा आफू नरहेको बताउँदै पौडेलले इटहरीलाई डुबान मुक्त बनाउने बताए ।