धरान : ३० वैशाख हुन लागेको स्थानीय तह निर्वाचनमा सुनसरीमा ३ हजार १ सय ९६ जनाको उम्मेदवारी दर्ता भएको छ । 

जिल्ला निर्वाचन कार्यालय सुनसरीका अनुसार उम्मेदवारको अन्तिम नामावली विवरण अनुसार धरान उपमहानगरपालिकामा ४ सय ४७ जना उम्मेदवारले उम्मेदवारी दर्ता गरेका छन् । धरानमा मेयर पदको लागि २० जनाको उम्मेदवारी परेको छ भने उपमेयरमा १० जनाको उम्मेदवारी परेको छ । यस्तै, वडाध्यक्षमा १ सय १५ जना, खुल्ला वडा सदस्यमा १५९ जना, महिला सदस्यमा ७२ जना र दलित महिला सदस्यमा ७१ जनाको उम्मेदवारी परेको छ ।

यसै गरी इटहरी उपमहानगरपालिकामा कुल ४ सय ८ जनाले उम्मेदवारी दर्ता गरेका छन् । मेयरमा १६ जना, उपमेयरमा ७ जनाले उम्मेदवारी दिएका छन् । वडाध्यक्षमा ८७ जना, खुला सदस्यमा १ सय ५६ जना, महिला सदस्यमा ७५ र दलित महिला सदस्यमा ६७ जना उम्मेदवारले उम्मेदवारी दिएका छन् । 

यसै गरी, इनरुवा नगरपालिकामा मेयरमा १४ र उपमेयरमा १० जनाले उम्मेदवारी दिएका छन् । ७४ जनाले वडाध्यक्षमा, १ सय ११ जना वडा सदस्य, ५३ महिला सदस्य, ४८ जना दलित महिला सदस्यले उम्मेदवारी दर्ता गरेका छन् । इनरुवामा जम्मा ३ सय १० जना उम्मेदवारले उम्मेदवारी दिएका छन् । 

यस्तै, रामधुनी नगरपालिकामा २ सय ३१ जनाले उम्मेदवारी दिएका छन् । जसमा मेयरमा १४, उपमेयरमा ८ जना, वडाध्यक्षमा ५५ जना, वडा सदस्यमा ८१ जना, महिला सदस्य ४०, दलित महिला सदस्यमा ३३ जनाले उम्मेदवारी दर्ता गरेका छन् । वराहक्षेत्र नगरपालिकामा २ सय ४१ जनाले उम्मेदवारी दर्ता गरेका छन् । मेयरमा ९, उपमेयरमा ५, वडाध्यक्षमा ५१, वडा सदस्यमा ९२, महिला सदस्यमा ४२, दलित महिला सदस्यमा ४२ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।  दुहबी नगरपालिकामा २ सय ८१ जनाले उम्मेदवारी दर्ता गरेका छन् । मेयरमा ९, उपमेयरमा ६, वडाध्यक्षमा ६४, वडा सदस्यमा १ सय ७, महिला सदस्यमा ४९, दलित महिला सदस्यमा ४६ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

यसै गरी कोसी गाउँपालिकामा २ सय ८३ जनाले उम्मेदवारी दर्ता गरेका छन् । अध्यक्षमा १४, उपाध्यक्षमा ९, वडाध्यक्षमा ६०, वडा सदस्यमा १ सय २, महिला सदस्यमा ५०, दलित महिला सदस्यमा ४८ जनाले उम्मेदवारी दर्ता गरेका छन् । यसै गरी गढी गाउँपालिकामा १ सय ८३ जनाले उम्मेदवारी दर्ता गरेका छन् । अध्यक्षमा १०, उपाध्यक्षमा ७, वडाध्यक्षमा ४६, वडा सदस्यमा ५९, महिला सदस्यमा ३२, दलित महिला सदस्यमा २९ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

देवानगञ्ज गाउँपालिकामा १ सय ९० जनाले उम्मेदवारी दर्ता गरेका छन् । अध्यक्षमा १२, उपाध्यक्षमा ६, वडाध्यक्षमा ४१, वडा सदस्यमा ६५, महिला सदस्यमा ३४, दलित महिला सदस्यमा ३२ जनाले उम्मेदवारी दर्ता गरेका छन् । यसै गरी बर्जू गाउँपालिकामा १ सय ३६ जनाले उम्मेदवारी दर्ता गरेका छन् । अध्यक्षमा ७, उपाध्यक्षमा ५, वडाध्यक्षमा २८, वडा सदस्यमा ४८, महिला सदस्यमा २६, दलित महिला सदस्यमा २२ जनाले उम्मेदवारी दर्ता गरेका छन् । 

भोक्राहा नरसिंह गाउँपालिकामा २ सय ८८ जनाले उम्मेदवारी दर्ता गरेका छन् । अध्यक्षमा १४, उपाध्यक्षमा ८, वडाध्यक्षमा ६२, वडा सदस्यमा ६२, महिला सदस्यमा ५३, दलित महिला सदस्यमा ४४ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।  र हरिनगर गाउँपालिकामा १ सय ९८ जनाले उम्मेदवारी दर्ता गरेका छन् । अध्यक्षमा ११, उपाध्यक्षमा ७, वडाध्यक्षमा ४१, वडा सदस्यमा ८०, महिला सदस्यमा ३४, दलित महिला सदस्यमा २५ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

सबै भन्दा बढी उम्मेदवारी दर्ता धरान उपमहानगरपालिकामा भएको छ भने इटहरी उपमहानगरपालिका दोस्रो र तेस्रो इनरुवा नगरपालिका रहेको छ ।

Bibaran