धरान : किरातकालीन राजनीतिक, सांस्कृतिक इतिहासका खोजकर्ता,आदिवासी विज्ञ, योजना विद् डा. चैतन्य सुब्बाको निधन भएको छ । 

सुब्बा मधुमेह सँगै मुटु रोगबाट पीडित थिए । उनको उपचारको क्रममा गएराति गङ्गालाल हृदय रोग केन्द्रमा उपचारको क्रममा निधन भएको हो । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।  

किरात याक्थुङ चुम्लुङको सङ्घीय सल्लाहकार रहेका सुब्बाको जन्म २००३ साल भदौ २९ गते स्व. जगतमान मेन्याङबो र स्व. यशोदा इजमको कोखबाट जेठो सुपुत्रकोरुपमा जन्मिएका थिए । 

उनले आदिवासी जनजाति र लिम्बु समुदायको बारेमा खोज अनुसन्धान र अध्ययनमा सक्रिय रहेका सुब्बाले द कल्चर एन्ड रिलिजन अफ लिम्बुज लगायतको विभिन्न पुस्तकहरू प्रकाशित छन्  ।