इटहरी : नेकपा एमालेका नेता प्रदेश सांसद लिलम वस्नेतले एमालेले इटहरीमा मेयर उपमेयर सहित २० वटै वडा जित्ने दाबी गरेका छन् । 

एमालेले इटहरी उपमहानगरपालिका वडा नम्बर ९ मा गरेको चुनावी घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उनले इटहरीलाई एमालेमय बनाइने दाबी गरे ।

२० औ वर्ष देखि अनवरत रूपमा पार्टी निर्माणमा खटेर अहिलेको अवस्थामा ल्याइपुर्‍याउने याम सुब्बा, शिक्षा र सहकारीको क्षेत्रमा समेत योगदान पुर्‍याएकी सङ्गीता चौधरीले विजय हासिल गर्ने उनको भनाई छ ।

वडा नम्बर ९ मा एमाले सरकारकै पालमा धेरै काम भएकाले अव पुन युवा जितेन थापा अध्यक्ष रहेको एमालेका उम्मेदवारलाई जिताउन उनले वडावासीलाई अनुरोध गरे ।