धरान : इलामको सूर्योदय नगरपालिका–१२ स्थित करफोक माध्यमिक विद्यालयको निर्माणाधीन भवनबाट लडी १ जनाको मृत्यु भएको छ । 

हिजो बेलुका ५ बजे विद्यालयको ४ तले निर्माणाधीन भवनको माथि टिन (ट्रस) लगाउने क्रममा भुईमा झरी घाइते भएका बारा जितपुर नगरपालिका–५ गुलियाका २५ बर्षीय पुकार चौधरीलाई उपचारको लागि झापा बुधवारे स्थित सिटी हस्पिटल लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट थप अनुसन्धान भइरहेको छ ।