धरान : ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–५ स्थित सिद्धिचरण राजमार्गमा सवारी ट्र्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । 
आज दिउसो साढे १ बजे ओखलढुङ्गाको ठाडेबाट सदरमुकाम आउँदै गरेको ग. १ त ३१२९ नम्बरको  ट्याक्टर   अनियन्त्रित भई सडकबाट १० मिटर तल खसी  दुर्घटना हुँदा घाइते भएका ट्याक्टर चालक सिद्धिचरण नगरपालिका–७ बिगुटारका  २२ बर्षीय प्रेम लाक्पा शेर्पाको मिसन अस्पताल ओखढुङगामा उपचारको क्रममा मृत्यु भएको हो ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट थप अनुसन्धान भइरहेको छ ।