धरान : नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज धरान आउदैछन् । 

धरानको भानुचौकमा हुने एमालेको चुनावी सभालाई सम्बोधन गर्न उनी धरान आउन लागेका हुन् । नेकपा एमालेको आज भानुचोकमा बिहान ११ बजेदेखि सभा सुरु हुने जनाएको छ । अध्यक्ष ओली भने १ बजेभित्र उपस्थित भएर सभालाई सम्बोधन गर्ने बताइएको छ । 

धरानमा नेकपा एमालेले गएको उपनिर्वाचनबाट गुमाएर आफ्नो विरासत फर्काउन स्थानीय तह निर्वाचनका लागि चुनावी अभियानलाई तीव्र बनाएको छ । आजको चुनावी सभा एमालेको धरानमा अन्तिम सभा हुने यस अघि पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको थियो । 

अध्यक्ष ओलीले आज बिहान १० बजे इटहरीको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ भने दिउसो १ बजे धरान र अपराह्न विराटनगरको चुनावी सभालाई सम्बोधन गर्ने नेकपा एमालेले जनाएको छ ।