झापा : झापाको मेची नगरनगरपालिकामा बिबाहमा दाईजोको निहुमा बिबाद भएपछि बेहुलालाई प्रहरीले पक्राउ गरेको छ। 

मेचीनगर-१५ का पुष्पलाल राजबंशीको छोरीको बिबाहमा झापाको झापा गाउँपालिका-४ का २८ बर्षीय बेहुला डेबिट चौधरीले दाईजोको रुपमा मोटरसाईकल नदिएको भन्दै बिबाद गरेका थिए । बेहुलीका बुवाले बेहुलालाई बिपक्षी बनाई विवाहमा लेनदेन गर्न नहुने सम्बन्धी कसुरमा जाहेरी दर्खास्त दिएपछि बेहुला डेबिट चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

घटनाका बिषयमा थप अनुसन्धान भईरहेको र नियन्त्रणमा लिईएका बेहुलालाई ईलाका प्रहरी कार्यालय धुलावारमिा राखिएको छ ।