इटहरी : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ५ दलिए गठबन्धन टालटुली बाटुली जस्तो बताएका छन्। 

इटहरी उपमहानगरपालिकाको चुनावी सभामा सम्बोधन गर्दै उनले गठबन्धन टालाटुली जोडेर बनाएको पुतली जस्तो भएको बताएका हुन । सरकारमा बाँडीचुडी खान नेपाली काङ्ग्रेस र माओवादी गठबन्धन गरेको बताए । वडामा एमाले सँग एक्लै चुनाव लड्न नसकेर गठबन्धन गरेको प्रस्ट पारे। उद्देश्य बिनाको पार्टी र उम्मेदवारलाई मत नदिन आग्रह गर्दै ओलीले गठबन्धन बढारे खाने उद्देश्यले बनेको धारणा राखे। 
 गठबन्धनलाई भोट हाल्ने हो कि सुखी नेपाली समृद्ध नेपाल बनाउनेलाई भोट हाल्ने फैसला मतदाता मा निर्भर गर्छ। म इटहरी विकासको जिम्मा लिन्छु। तपाइहरू याम सुब्बा र सङ्गीता चौधरीलाई जिताएर देखाउनुस्, उनले भने। 
 नेपाली काङ्ग्रेस को घोषण पत्रमा मान्छे देखिने र एमालेको घोषणा पत्रमा विकास मात्र देखिने बताए । गठबन्धन प्रति निक्कै आक्रामक शैलीमा उनले खाएर चुसेर ढाडिएका हरू गठबन्धन बसेको आरोप लगाए । नेकपा एकीकृत समाजवादी र माओवादी काङ्ग्रेस जिउमा भन्किएका झिँगा धपाउने झम्के पछ्यौरी भएको बताए।