काठमाडौँ : राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपती भवन शितल निवासमा ६ जनालाई २-२ लाख रुपैयाँ राशि सहित वरिष्ठ पत्रकार सम्मान द्वारा सम्मानित गरेकी छन्। 
२०७६ सालको वरिष्ठ पत्रकार सम्मान सुनसरी धरानका हर्ष सुब्बा र काठमाण्डौंका स्वर्गीय अग्नि शिखालाई मरणोपरान्त प्रदान गरिएको छ। 
२०७७ सालको वरिष्ठ पत्रकार सम्मान रघु मैनाली र शार्दूल भट्टराईलाई र २०७८ वरिष्ठ पत्रकार सम्मान किशोर नेपाल र तारानाथ दाहाललाई प्रदान गरिएको छ।
सोही अवसरमा २०७६ को राष्ट्रिय पत्रकारिता पुरस्कार इन्द्रमान बुढा (उजिर मगर), मातृका पौडेल, सङ्गीता खड्का, शेषराज दाहाल, हेमन्तबहादुर विके, शीतल साहलाई प्रदान गरिएको छ ।
२०७७ सालको पुरस्कार दिलीपकुमार थापामगर, दिपेन न्यौपाने, दुर्गाप्रसाद शर्मा, सुरेश जङ्ग पाण्डे, नितु पण्डित र पुनम पौडेललाई प्रदान गरिएको छ ।
२०७८ सालको राष्ट्रिय पत्रकारिता पुरस्कार सुनसरी इनरुवाका इकबाल अहमद, धरानकी गङ्गा बराल, ठाकुर बेलवासे, बालकुमार नेपाल, सम्झना वनलाई प्रदान गरिएको छ।