धरान : उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ हिसान सुनसरीको पाँचौं जिल्ला अधिबेशनबाट अध्यक्षमा सागरप्रसाद भट्टराई निर्वाचित भएका छन् । 
इटहरीमा शनिवार सम्पन्न पांचौ जिल्ला अधिवेशनले भट्टराईको अध्यक्षतामा १५ सदस्य नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा पेशल पोखरेल, उपाध्यक्षमा नेत्रप्रसाद सुबेदी, सचिवमा हेमन्त भण्डारी र कोषाध्यक्षमा अनन्तप्रसाद सुबेदी निर्विरोध निर्वाचित भएका छन् ।
कार्यसमितिको सदस्यहरूमा अर्जुन प्रसाद न्यौपाने, मुक्तिराज सुबेदी, विशाल कार्की, रितेश चौधरी, अनिल श्रेष्ठ निर्वाचित भएका छन् । यस्तै अन्य सदस्यमा शान्तिराम गौतम, सुवास लुइँटेल, फडिन्द्र थापा, करन चेम्जोंग र केशव भट्टराई निर्वाचित भएको निर्वाचन समितिका सदस्य अर्जुन सुबेदीले जानकारी दिए ।अधिवेशनको हिसानका केन्द्रीय अध्यक्ष रमेश सिलवालले उद्घाटन गरेका थिए ।
अधिवेशनले शिक्षा क्षेत्रमा योगदान पुर्‍याएको भन्दै दुई जनालाई सम्मान गरेको छ । कार्यक्रममा २५ हजार राशिको हिसान शिक्षा पत्रकारिता पुरस्कारबाट पत्रकार हिमाल दाहाल र हिसान शिक्षा सम्मान पुरस्कारबाट महेन्द्र मोमोरियल उच्च माबिका संस्थापक स्वर्गीय कृष्णराज शाक्यलाई मरणोप्रान्त सम्मान गरिएको छ । 
Hisan-Himal