धरान : लायन्स क्लब अफ धरान बुढासुब्वाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । 

विश्व रेडक्रस दिवस तथा क्लबको १३ औँ वार्षिक उत्सवको उपलक्ष्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । आइतबार, धरान ९ स्थिति फेण्डर्स गार्डेन रेस्टुरेन्टको प्रागणमा सम्पन्न कार्यकमलमा ७१ पिन्ट रगत सङ्कलन भएको कार्यकम संयोजन लोकेन्द्र श्रेष्ठले बताए । स्थानीय चुनावको अवस्थामा रगतको अभाव भएकाले रक्तदान कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष प्रेमराज शाक्यले बताए । 

कार्यकमलमा लाइन्स क्लब डिस्ट्रिक्ट ३२५  ए वान का इभेन्ट म्यानेजमेन्ट चिफ दीपेन्द्र निरौला, इम्प्याम्ट एरिया चिफ शान्ति श्रेष्ठ, रिजित चियर पसेन कविता लिम्बु , जोन चियर पर्सन मानभगत चाम्लिङ र आभा सुवाल लगायतको अपस्थिति रहेको थियो ।