धरान : ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि मतदान केन्द्रमा चाहिने सामाग्री जिल्ला निर्वाचन कार्यालय सुनसरीबाट वितरण गर्न सुरु गरिएको छ । 

जिल्ला निर्वाचन कार्यालय सुनसरीका सूचना अधिकारी अजय मिश्रका अनुसार आज धरान उपमहानगरपालिका, वराहक्षेत्र नगरपालिका, बर्जू, हरीनगर र देवानगञ्ज गाउँपालिकाका लागि मतदान केन्द्रमा चाहिने निर्वाचन सामाग्री वितरण गरिएको छ । 

वितरण गरिएको सामाग्रीहरूमा मतपेटिका, निर्वाचन सम्पन्न गर्नका लागि अनुसूचीहरू, मतदाता नामवलीहरु, स्वस्तिक छाप लगायतका ५८ प्रकारको सामाग्री रहेको बताइएको छ ।

सुनसरीका १२ पालिका मध्ये आज पहिलो चरणमा ५ पालिकाका लागि सामाग्री वितरण गरिएको हो भने बाँकी पालिकाहरूलाई भोलि सम्ममा वितरण गरी सक्ने जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ । 

List