इटहरी : इटहरीको चुनावी सभालाई सम्बोधन गर्नेक्रममा नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल अस्वस्थ भए । 

सम्बोधनको क्रममा एक्कासि रोकिएपछि उनलाई आयोजकले बसेर बोल्ने व्यवस्था मिलाइदिए । 

आफू भर्खरै अपरेसन गरेर बसेको भएर स्वस्थले साथ नदिएको प्रस्ट पारे । गठबन्धनद्वारा आयोजित कार्यक्रमको प्रमुख अतिथि रहेका उनले गर्मीको कारण समस्या भएको बताए ।

सुरुवात देखिनै एमाले अध्यक्षको ओलीको आलोचनामा लागेका उनले अन्तिम सम्म त्यसैलाई निरन्तरता दिए ।  गठबन्धनको निर्माण पछि ओली आतङ्कित भएको र मुलुकका सबै परिवर्तन गठबन्धनको कारण मात्र सम्भव भएको जिकिर पनि गरे । ओली प्रधानमन्त्री भएर आफुलरूलाई एमाले भन्नै लाजमर्दो बनाएको आरोप लगाए ।  केपी शर्मालाई सम्झाउँदा नलागेपछि पार्टी फुटाएको उनको भनाइ छ ।

Jhalanath-Khanal-1