धरान : धरान उपमहानगरपालिकाको निर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवारले गठबन्धन लाई सहयोग गर्ने भएका छन् । जसपाबाट मेयरको उम्मेदवारी दिएका ताजुब लिम्बुले गठबन्धनलाई सहयोग गर्ने घोषणा गरे । 
मङ्गलवार को चुनावी सभामा सम्बोधन गर्दै उनले केन्द्रीय गठबन्धन अनुसार अगाडि बढ्ने बताए । यसपटक परिवर्तनलाई निरन्तरता दिनुपर्ने बाध्यता रहेकाले आफू त्यसको लागी तयारी भएको प्रस्ट पारे । 
धरानमा गठबन्धनको तर्फबाट मेयरमा काँग्रेसका किशोर कुमार राई र उपमेयरमा माओवादी केन्द्रका आइन्द्र विक्रम बेघाले उम्मेदवारी दिएका छन् । उता नेकपा एमाले बाट मेयरमा मञ्जु भण्डारी र उपमेयरमा पदम इस्वो लिम्बू प्रतिस्पर्धामा छन् । 
अर्का स्वतन्त्र उम्मेदवार हर्क साङ्पाङ्गले निर्णायक अवस्थामा छन् । २०७४ मा नेकपा एमाले विजयी भएको धरानमा २०७६ को उपनिर्वाचनमा काँग्रेसका तिलक राई विजयी भएका थिए ।