धरान : मंगलबार मध्य राति देखि निर्वाचनको अन्तिम परिणाम नआउन्जेल सम्म मादक पदार्थ बिक्री वितरण गर्न पाइने छैन । 

जिल्ला प्रशासन कार्यालय सुनसरीले एक सूचना जारी गरी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका २०७८ को ६ (थ) बमोजिम वैशाख २७ गते मध्य राति देखि निर्वाचनको अन्तिम परिणाम नआउन्जेल सम्म मादक पदार्थ बिक्री वितरणमा रोक लगाएको जनाएको छ । 

सूचनाको उल्लङ्घन गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । 

Suchana