धरान : ३० वैशाखमा हुन गइरहेको स्थानीय तह निर्वाचनको तयारी तीव्र गतिमा भइरहेको छ । 

सुनसरी जिल्लाका १ सय ६६ मतदान स्थलहरूमा आज पहिलो दिन मतदान स्थलमा मतदाताहरूलाई लाइन बस्ने स्थानको तयारी तीव्र बनाइएको छ । मतदान स्थलहरूको घेरा बारा र कम्पाउन्ड व्यवस्थापन भइरहेको निर्वाचन कार्यालय सुनसरीले जनाएको छ । 

सुनसरी जिल्लामा बुधवार र बिहीबार ८८ हजार ८ सय ४३ जना मतदाताहरूको परिचय वितरण गरिँदै छ । 

नयाँ मतदाता, मतदाता परिचय पत्र हराएकाहरूको गरी जम्मा ६ हजार ५ सय ९६ जना पुरुष र ४२ हजार २ सय ४५ जना महिला गरी जम्मा ८८ हजार ८ सय ४३ जनाको मतदाता परिचयपत्र वितरण गरिने जिल्ला निर्वाचन कार्यालय सुनसरीका सूचना अधिकारी अजय मिश्रले जानकारी दिए । 

Nirbachan-Tayari-4Nirbachan-Tayari-3Nirbachan-Tayari-1Nirbachan-Tayari-2