धरान : जिल्ला प्रशासन कार्यालय सुनसरीले बिहीबार साँझ ८ बजे देखि शुक्रवार बिहान ५ बजे सम्म सुनसरीका पाँच पालिकामा निषेध आदेश जारी गरेको छ । 

प्रशासनले भोक्राहा नरसिंह गाउँपालिका, कोसी गाउँपालिका, हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिका भरी नै निषेध आदेश जारी गरेको छ भने इटहरी उपमहानगरपालिकाको वडा नं ३, दुहबी नगरपालिकाको वडा नं १, ८ र ९ मा पनि उक्त आदेश जारी गरेको छ । यसै गरी, इनरुवा नगरपालिका वडा नं ३, ९ र १० मा पनि निषेध आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । 

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवद्वारा जारी निषेध आदेशमा सुरक्षा निकायसँग समन्वय गरेर बाहेक व्यक्तिगत वा सामूहिक हिसाबले कोही पनि घर बाहिर ननिस्कन भनिएको छ । आदेश विपरीत भए गरेको पाइएमा वा अटेर गरेको पाइएमा स्थानीय प्रशासन ऐन अनुसार कारबाही गरिने पनि आदेशमा उल्लेख छ ।

Adesh