धरान : स्थानीय तह निर्वाचनको मतदान बिहान ७ बजे देखि देशैभर सुरु भएको छ । 

निर्वाचन आयोगका अनुसार बिहान ७ बजेबाट सुरु भएको  मतदान साँझ ५ बजेसम्म जारी रहने छ ।  ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी  ७५३  स्थानीय तह र ६७४३ वडाका ३५ हजार २२१ जनप्रतिनिधि चयन गर्न आज मतदान हुँदैछ ।

केही स्थानमा उम्मेदवारको मृत्युको कारण निर्वाचनमा हेरफेर भएको छ भने अरू ठाउँमा एकै दिन मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ । 

धरानका मेयर तिलक राईले धरान १८ स्थित  कार्मेल स्कुलको मतदान केन्द्रबाट मतदान गरेका छन् ।  

बिहान ७ बजे देखि सुरु भएको मतदान साँझ ५ बजे सकिने बताइएको छ । साँझ ५ बजे मतदान स्थलमा पुगेर लाइनमा लागेकाले मत खसाल्न पाउने जिल्ला निर्वाचन कार्यालय सुनसरीका प्रमुख कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

Matdan-1Matdan