धरान  : नेकपा एमाले धरान नगर कमिटीले निर्वाचन सफल भएको भन्दै धन्यवाद व्यक्त गरेको छ । निर्वाचन परिचालन कमिटीका संयोजक मुरारी सुवेदीले एक विज्ञप्ति जारी गर्दै धन्यवाद व्यक्त गरेका हुन् । 
नेकपा एमालेको निरन्तर खबरदारीले निर्वाचन सम्पन्न भएको दाबी गरिएको विज्ञप्तिमा धरान उपमहानगरपालिकाका मतदातालाई हार्दिक सम्मान गर्ने उल्लेख गरेका छन् । 
निर्वाचन सफल पार्न खटिएका निर्वाचन अधिकृत, कर्मचारी, सुरक्षा निकायलाई पनि धन्यवाद दिइएको छ । निर्वाचनमा पर्यवेक्षक, पत्रकार तथा विभिन्न सङ्घसंस्थाको भूमिका रहेको बताउँदै नेकपा एमालेले धन्यवाद ज्ञापन गरेको छ । 
धरानमा नेकपा एमालेको तर्फबाट मेयरमा मञ्जु भण्डारी र उपमेयरमा पदम इस्वो लिम्बु चुनावी प्रतिस्पर्धामा छन् । त्यस्तै काँग्रेस नेतृत्वको गठबन्धनबाट मेयरमा किशोर राई र उपमेयरमा आइन्द्र विक्रम बेघा मैदानमा छन् । अर्का स्वतन्त्र उम्मेदवार हर्क साङ्पाङ पनि खरो रूपमा उत्रिएका छन् ।
UML-tHANKS-LETTER-2