धरान : प्रदेश १ मा हिजो मतदान सम्पन्न भए पछि राति देखि केही पालिकाहरूमा मतगणना सुरु पनि सुरु भएको छ ।  मतगणना सुरु भएका पालिकाहरूबाट अहिले सम्म प्रारम्भिक नतिजाहरू पनि सार्वजनिक हुन थालेका छन् ।

सुनसरीमा गएरातिबाट १२ पालिका मध्ये ४ पालिकामा मतगणना सुरु भएको छ । 

जिल्ला निर्वाचन कार्यालय सुनसरीले दिएको जानकारी अनुसार सुनसरीको दुहबी नगरपालिका, कोशी, बर्जू र भोक्राहानरसिंह गाउँपालिकामा गए राति देखि मतगणना सुरु भएको छ । 

दुहबी नगरपालिकामा प्रारम्भिक मतगणना अनुसार मेयरका उम्मेदवार वेदनारायण गच्छदारले २२०, नेकपा एमालेका विनय पोखरेल १५९ प्राप्त गरेका छन् । यसैगरी उपमेयर काँग्रेस  मेनुका पोखरेल १८३, जसपाका सरोज सिंह ४१, राप्रपा ३५, नेकपा माओवादी केन्द्रले ३ मत प्राप्त गरेका छन् । 

यसैगरी भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर १ को ३०० मत गणना हुँदा अध्यक्षमा नेपाली काँग्रेसबाट अजमल अख्तर मियाँ ६९, नेकपा एमालेका महेन्द्र प्रसाद यादव ७१, राप्रपाका रामप्रसाद यादवले ६१ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा नेपाली काँग्रेसबाट सुनिता कुमारी उराँवले ६९, नेकपा एमालेबाट सविता देवी मेहताले ५४ र राप्रपाबाट आसमा खातुन ६५ मत प्राप्त गरेका छन् ।

यसैगरी सङ्खुवासभाको चिचिला गाउँपालिकामा पनि मतगणना सुरु भएको छ । अहिले सम्म गणना गरिएको मत परिणाम अनुसार अध्यक्षका उम्मेदवारहरू काँग्रेसबाट पासाङ नुर्बु शेर्पा ३३९, एमालेबाट राम बहादुर गुरुङ ९९, नेकपा माओवादी केन्द्रका रिपु प्रसाद राई २६९ र मङ्गोल नेशनल अर्गनाईजेसनले ६ मत प्राप्त गरेको विवरण सार्वजनिक गरिएको छ ।  

यसैगरी उपाध्यक्षमा काँग्रेसबाट मनकला राई ३२९,एमालेबाट विष्णु कुमारी राई १३६, नेकपा माओबादीकेन्द्रबाट तीर्थमाया राई २४५, र मङ्गोल नेशनल अर्गानाईजेसनले २ मत प्राप्त गरेका छन् । 

झापाको दमकमा बिहानदेखि सुरु भएको मतगणनाको प्रारम्भिक विवरण आउन सुरु गरेको छ । झिनो मतान्तरले नेकपा एमालेकी उम्मेदवार गीता अधिकारी अगाडि रहेका छन् । राप्रपा सहितको गठबन्धनबाट उम्मेदवार बनेका राम थापा धेरै मतले पछि छन् ।

दमक १ को प्रारम्भिक मत परिणाम २०० गन्दा प्रमुखमा नेकपा एमालेका गीता अधिकारी ९६, राप्रपा सहितको गठबन्धन राम थापा–७९, उपप्रमुखमा राप्रपा सहितको गठबन्धनबाट रेगिना भट्टराई ९०,नेकपा एमालेका अम्बिका खनाल ७८ मत प्राप्त गरेका छन् ।