धरान : धरान उपमहानगरपालिकामा मतगणना बिहान ८ बजे देखि गर्ने भनिए पनि निर्धारित समय भन्दा ढिलो गरी सुरु हुन लागेको छ । 

राति समयमै धरानका विभिन्न वडा र मतदान स्थलबाट मतपेटिका सङ्कलन भइसकेको भए पनि आज बिहान ८ बजे देखि मतगणना गर्ने सर्वपक्षीय सर्वदलीय बैठकले निर्णय गरेको थियो ।

तर निर्धारित समयमा मतगणना सुरु नभई साढे नौ बजे बाट मतगणना सुरु हुनलागेको धरानका सहायक निर्वाचन अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिए । 

खतिवडाका अनुसार मतगणनाको सुरुवात धरान १,२ र ३ नम्बर वडाबाट सुरु गर्ने तयारी भइरहेको छ ।