धनकुटा : धनकुटाको चौबिसे गाउँपालिका वडा नं. २ का नवनिर्वाचित वडा सदस्यको मृत्यु भएको छ।

शनिवार आएको मत परिणाम अनुसार चौबिसे गाउँपालिका वडा नं. २ का नवनिर्वाचित वडा सदस्य सूर्य अटल मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मत परिणाम सार्वजनिक भएपछि खुसीयाली मनाउँने क्रममा बेहोस भएर ढलेका उनको उपचारका लागि नोबेल अस्पताल विराटनगरमा उपचारका लागि लगिएकोमा उनको अस्पतालमै मृत्यु भएको धनकुटाका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए । मगर नेकपा एमालेको तर्फबाट उम्मेदवार भएर विजयी बनेका थिए ।