धरान : धरान-४ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।

आज बिहान मतगणनाको नतिजा अनुसार वडाध्यक्षमा नेकपा एमालेबाट धनबहादुर राईले ८२६ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका चन्द्र कुलुङले ६१२ मत प्राप्त गरेका थिए । 

यसै गरी महिला सदस्यमा मिना तामाङले ८२९, दलित महिला सदस्य लीलादेवी गहतेले ८१३, खुल्ला सदस्यमा गोरसमान आले मगरले ८०३ र राजेन्द्र राई (राजन) ले ७४७ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृतको कार्यालय धरानले जनाएको छ । 

धरान ४ बाट मेयरका उम्मेदवार मञ्जु भण्डारी सुबेदीले ६२५ र गठबन्धनबाट नेपाली काँग्रेसका किशोर राईले ५९६ र स्वतन्त्रका उम्मेदवार हर्क साम्पाङले २३५ मत प्राप्त गरेका छन् भने उपमेयर तर्फ नेकपा एमालेका पदम इस्बो लिम्बुले ७६१, गठबन्धनबाट नेकपा माओवादी केन्द्रका आइन्द्रविक्रम बेघाले ६८० मत प्राप्त गरेका छन् ।