धरान : धरान उपमहानगरपालिकाको मतगणना जारी रहँदा प्रमुख पदमा लोकतान्त्रिक बाम गठबन्धनका मेयरका उम्मेदवार किशोर राई र उपमेयरका उम्मेदवार आइन्द्र विक्रम बेघाको अग्रता कायमै रहेको छ।

अहिले सम्म १० हजार १ सय ६२ मत गणना हुँदा सम्म गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार किशोर राईले ३३२२ मत ल्याएर अगाडी रहेका छन् । नेकपा एमालेका मञ्जु भण्डारी सुबेदीले स्वतन्त्रका उम्मेदवार हर्क साम्पाङलाई १७८ मतले पछि पार्दै दोस्रो स्थानमा उक्लिएकी छिन् ।

नेकपा एमालेकी मञ्जु भण्डारी सुबेदीले अहिले २५०३ मत प्राप्त गरेर दोस्रो स्थानमा रहेकी छिन् भने स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले २३२५ मत प्राप्त गरी तेस्रो स्थानमा रहेका छन् ।  गठबन्धनबाट मेयरका उम्मेदवार किशोर राई र एमालेकी मञ्जु भण्डारी सुबेदी बिच ८१९ मतान्तर रहेको छ । 

यसै गरी उपमेयर तर्फ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका आइन्द्र विक्रम बेघा ३५९१ मतका साथ अगाडी छन् भने नेकपा एमालेका पदम इस्बो लिम्बुले ३००० मत प्राप्त गरेका छन् । 

अहिले सम्म धरानका १,२,३, र ४ नम्बर वडाको मतगणना सम्पन्न भइसकेको छ । धरान-५ र ६ को १५/१५ सयको मतगणना सकिएको निर्वाचन अधिकृतको कार्यालय धरानले जनाएको छ । 

Bibaran 1