धरान : धरान उपमहानगरपालिकामा १३ हजार ६ सय ४८ मत गणना हुँदा फेरि स्वतन्त्रबाट मेयरका उम्मेदवार हर्क साम्पाङ १४ मतका साथ दोस्रो स्थानमा पुगेका छन् ।   

पछिल्लो मत गणनाको विवरण अनुसार मेयरमा नेकपा एमालेका मञ्जु भण्डारी सुबेदीले ३१७७ मत प्राप्त गरेकी छिन् भने स्वतन्त्रका उम्मेदवार हर्क साम्पाङले ३१९१ मत प्राप्त गरी १४ मतान्तरले फेरि दोस्रो स्थानमा आएका हुन् । लोकतान्त्रिक वाम गठबन्धनका मेयर र उपमेयरका उम्मेदवारको अग्रता भने अझै कायमै रहेको छ । 

धरानमा कुल खसेको मत ६२ हजार ७ सय ४ मध्ये अहिले सम्म १३ हजार ६ सय ४८ मत गणना हुँदा गठबन्धनबाट मेयरका उम्मेदवार नेपाली काँग्रेसका किशोर राईले ४०४४ मतका साथ अग्रस्थानमा रहेका छन् । उपमेयरमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका आइन्द्र विक्रम बेघाले ४५०५ मत प्राप्त गरी आफ्नो अग्र स्थान कायमै राखेका छन् भने नेकपा एमालेका पदम इस्बो लिम्बुले ३८३८ मत प्राप्त गरेका छन् । 

अहिले धरान ५,६,७ र ८ नम्बर वडाको मत गणना जारी रहेको मत गणना जारी रहेको सहायक निर्वाचन अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिए ।