धरान : धरानमा मत गणनाको पछिल्लो अपडेट अनुसार १९ हजार ९ सय ६१ मत गणना सम्पन्न भएको छ । 

अहिले सम्म धरान उपमहानगरपालिकाको १,२,३,४,५,६ नम्बर वडाको मत परिणाम सार्वजनिक भइसकेको छ । ६ वटा वडाको मतगणना सम्पन्न हुँदा सम्म मेयर पदका लागि लोकतान्त्रिक वाम गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार किशोर राई ५६९० मतका साथ अग्र स्थानमा रहेका छन् भने स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ ५०८५ मतका साथ दोस्रो स्थानमा र नेकपा एमालेका मञ्जु भण्डारी ५००३ मतका साथ तेस्रो स्थानमा रहेकी छिन् । 

यसैगरी उपमेयरमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका आइन्द्र विक्रम बेघाले ६३८८ मतका साथ अगाडी छन् भने नेकपा एमालेका पदम इस्बो लिम्बुले ६१५९ मत प्राप्त गरी पच्छाइरहेका छन् । 

धरानमा अहिले वडानं ८,९,१०,१९ र २० नम्बर वडाको मतगणना भइरहेको सहायक निर्वाचन अधिकृत गणेशप्रसाद खतिवडाले बताए ।