विराटनगर : विराटनगर-४ स्थित श्री लक्ष्मीनारायण मन्दिर (जियर शैक्षिक संस्था) मा मंगलबार कुमार खतिवडाको अध्यक्षतामा समिति गठन भएको छ। 
समितिका उपाध्यक्षमा देवराज सुवेदी, महासचिव युवराज धिताल, कोषाध्यक्ष रमेश आचार्य र सचिवमा लालमोहन ठाकुर चयन भएका छन् । त्यसैगरी मन्दिरका सदस्यहरूमा शिशिर सुवेदी, देवेन्द्र गुप्ता, मनोज भट्टराई, पुरुषोत्तम रेग्मी, सुरजा न्यौपाने र सुधा घिमिरे चयन भएको कमिटीले जनाएको छ। 
सभामा स्वामी रामानुज नेपाल, स्वामी खगेन्द्रप्रसाद पोखरेल र शम्भु सुवेदीलाई सल्लाहकारमा मनोनीत गरेको छ। समितिले कार्यसमितिको पूर्णता दिने र मन्दिरका नामबाट बैङ्क खाता खोल्ने समेत निर्णय गरेको समितिका उपाध्यक्ष देवराज सुवेदीले जानकारी दिए।