झापा : झापाको मेचीनगर नगरपालिका-६ पुरानो मेची पुल छेउबाट अवैध सुन सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
बुधवार दिउँसो १:३० बजेको समयमा भारतबाट नेपालतर्फ आउँदै गरेका कैलाली घर भई दमक नगरपालिका-२ मा बसोबास गर्दै आएका ३३ वर्षीय धिरेन्द्र जैसीलाई अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको सुन सहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शङ्कास्पद रूपमा पैदल भारतबाट नेपाल तर्फ आउँदै गरेका जैसीलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट  ३४९।७०० ग्राम बरामद गरेको हो । बरामद गरिएको सुनको हालको बजार मूल्य अट्ठाइस लाख सतासी हजार एकसय बयासी रुपैयाँ हुन आउने प्रहरीले जानकारी दिएको छ ।
सुन सहित पक्राउ परेका जैसीलाई आवश्यक कारबाहीको लागी मेची भन्सार कार्यालय बुझाइएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।