धरान : धरानमा अहिले सम्म ३२२७३ मत गणना हुँदा स्वतन्त्रका उम्मेदवार हर्क साम्पाङ किशोर राई भन्दा २६५ मतले अगाडी रहेका छन् । 

अहिले सम्म मेयर तर्फ हर्क साम्पाङले ९३७३ मत प्राप्त गरी पहिलो स्थानमा रहेका छन् भने गठबन्धनबाट नेपाली काँग्रेसका मेयरका उम्मेदवार किशोर राईले ९१२८ मत प्राप्त गरी दोस्रो स्थानमा रहेका छन् । नेकपा एमालेकी मेयरका उम्मेदवार मञ्जु भण्डारी सुबेदीले ७३४९ मत ल्याएर तेस्रो स्थानमा रहेका छन् । 

यसैगरी उपमेयरमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका आइन्द्र विक्रम बेघाले १०२६६ मत प्राप्त गरी अग्र स्थानमा रहेका छन् भने नेकपा एमालेका पदम इस्बो लिम्बूले ९८३१ मत प्राप्त गरेका छन् । 

धरान-१४ मा २०० मत गणना हुँदा राप्रपा अगाडी 

धरान १४ को २०० मत गणना हुँदा वडाध्यक्षका उम्मेदवार राप्रपाका कृष्णप्रसाद भट्टराईले ८३ मत, नेकपा एमालेका उत्तम आले मगरले ६८ मत, नेपाली काँग्रेसका श्याम श्रेष्ठले २८ मत प्राप्त गरेका छन् । धरान १४ मा २१४० मत खसेको थियो ।