इटहरी : नेकपा एमाले वराहक्षेत्र नगर कमिटी इन्चार्ज रुद्र दाहालले राजीनामा दिएका छन् । वराहक्षेत्र-३ को वडा अध्यक्षको उम्मेदवारी दिएका उनले पराजित भएसँगै राजीनामा दिएका हुन । 
शुक्रवार जिल्ला अध्यक्षलाई पत्र लेख्दै उनले पार्टीलाई पहिलो स्थान दिलाउन नसकेको कारण नैतिकताको आधारमा राजीनामा दिएको बताएका छन् । नेकपा एमालेको नीति, सिद्धान्त र अनुशासनलाई शिरोधार्य गर्दै सङ्गठनमा लाई सशक्त रूपमा अगाडी बढाउने प्रतिबद्धता जनाएका छन् । 
दाहाल नेपाली काँग्रेसका राजदिप लामा सँग पराजित भएका छन् । लामाले १८३४ मत ल्याउँदा दाहालले १७७१ मत पाए ।
incharge-rajinama-letter