धरान : धरान-१४ को वडाध्यक्षमा राप्रपाका कृष्णप्रसाद भट्टराई विजयी भएका छन् । 
उनले उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उत्तम आले मगर भन्दा २५१ मत बढी ल्याएर विजयी भएका हुन् । भट्टराईले ९०५ मत प्राप्त गरेका थिए भने उत्तम आलेले ६५४ मत प्राप्त गरेका थिए । 
यसैगरी वडा सदस्य तर्फ महिला सदस्यमा नेकपा एमालेबाट झरना पौडेलले ७१२, एमालेबाटै दलित महिला सदस्यमा दुर्गा विकले ७३४, खुल्ला सदस्य तर्फ कमल प्रसाद भट्टराईले ७३१ र राम तामाङले ७२१ मत प्राप्त गरी विजयी भएका हुन् । 
निर्वाचित वडाध्यक्ष यस भन्दा पहिले पनि धरान १४ को नेपाली काँग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । काँग्रेसले श्याम श्रेष्ठलाई वडाध्यक्षको टिकट दिए पछि उनी राप्रपाबाट वडाध्यक्षको उम्मेदवार बनेका थिए ।