धरान : धरान उपमहानगरपालिकामा शनिवार राति १० बजे सम्ममा मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका किशोर राईसँग ३२४० को फराकिलो मतान्तर बनाएका छन् ।

निर्वाचन अधिकृतको कार्यालय धरानले दिएको जानकारी अनुसार  मत गणना सकिएका वडा सहित वडा नं १५ को ६०००, वडा नं १६ को १५००, वडा नं १७ को २००  मत गणना गर्दा सम्ममा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले १६८१२ मत प्राप्त गरेका छन् भने गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका किशोर राईले १३५७२ मत प्राप्त गरेका छन् ।

किशोर राई र हर्क साम्पाङ बिच निकै फराकिलो ३२४० मतान्तर रहेको छ । यसैगरी नेकपा एमालेकी मञ्जु भण्डारी सुबेदीले ११०१२ मत प्राप्त गरेकी छिन् । 

यसैगरी उपमेयर तर्फ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका आइन्द्र विक्रम बेघाले १६७४१ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका पदम इस्बो लिम्बुले १४९७३ मत प्राप्त गरेका छन् । 

Mat-Bibaran 1