इटहरी : एमाले नेता डम्बर सुबेदी (हिमाल) माथि आक्रमण भएको छ। एमाले प्रदेश सदस्य रहेका सुवेदीलाई बाटोमा हिड्दैगर्दा आक्रमण भएको हो ।

आईतबार बिहान इटहरीको संगीत चोकमा कैलाश बिष्ट नाम बताउने युवाको समुहले आक्रमण गरेको उनको भनाइ छ। तलाई कुटेपछी अब द्वारिकलाल चौधरीलाई कुट्ने भन्दै युवाहरू भागेको उनको भनाइ छ। केशव कुमार बिष्ट निकट युवाहरूले आफुमाथी आक्रमण गरेको उनले सुनाए । इटहरी उपमहानगरपालिकाको उपमेयरमा पराजित भएपछि बिष्टले रोष प्रकट गरेको उनको भनाइ छ।

सुवेदी इटहरीको एमाले निर्वाचन परिचालन समितिका सह इन्चार्ज समेत हुन् । अहिले इलाका प्रहरी कार्यलय इटहरी अगाडि एमाले कार्यकर्ताले आन्दोलन गरिरहेका छन् । 

अहिले इटहरीको पूर्व-पश्चिम राजमार्गमा एमालेका कार्यकर्ताहरूले नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका कारण अहिले पूर्वपश्चिम राजमार्गमा सवारीसाधन आवतजावत अवरुद्ध भएको छ । बाक्लो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।himal-kutpit