धरान : धरान उपमहानगरपालिकाको वडा नं. १६ मा नेपाली काँग्रेसको प्यानललै विजयी भएको छ । 

वडाध्यक्षमा नेपाली काँग्रेसका मुरारी भट्टराईले २०४४ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हिमाल कार्कीले १७१८ मत प्राप्त गरेका थिए । 

यसैगरी वडा सदस्य तर्फ महिला सदस्यमा सुशीला श्रेष्ठले १९०४, दलित महिला सदस्यमा मिरा बराइलीले १९१०, खुल्ला सदस्य तर्फ भीम लिम्बुले १८२७ र मुकेश घिमिरेले १७६९ मत प्राप्त गरेका छन् ।