धरान : धरान-१४ हात्तीसारमा छोराले आमालाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन्। 
झापाको चन्द्रगढी घर भई हाल धरान-१४ विजयपुर स्थित हात्तीसारमा बस्दै आएका ४२ वर्षीय शान्ति सुबेदीलाई आफ्नै छोरा २५ वर्षीय सौगात सुबेदीले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरीले बताएको छ। 
खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी शान्तिको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुन नसकेपछि विराटनगर स्थित न्युरो हस्पिटल रेफर गरिएको छ । उनको हात र टाउकोमा गहिरो चोट लागेको बताइएको छ । 
आमालाई खुकुरी प्रहार गरेपछि सौगात आफैले आफ्नो घाटी खुकुरीले अगाडी भागमा रेटेका थिए। उनको प्रतिष्ठानमा उपचार भइरहेको छ। छोरा मानसिक बिरामी भएको प्रहरीले बताएको छ।