धरान : धरानमा कुल खसेको ६२ हजार ८ सय मत मध्ये मेयरमा १० हजार ४ सय ७७ मत र उपमेयरमा १७ हजार २ सय १४ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालय धरानले जानकारी दिएको छ । 

यसरी यत्तिका धेरै मत बदर हुनुको मुख्य कारण निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगर्नु नै मुख्य कारण रहेको बताइएको छ । अर्को कारण गठबन्धन गर्ने राजनीतिक दलहरूलाई मतदाताहरूले प्रशिक्षण विना मतदान गर्दा पनि यस्तो बदर मत सङ्ख्या बढेको हो । 

धरानका राजनीतिक विश्लेषक डा. राजेन्द्र शर्माले निर्वाचन अघि कपुरी न्युजसँग भनेका थिए – मतदाता शिक्षा मतदाताहरूलाई नदिँदा गठबन्धन गर्ने राजनीतिक दलहरूलाई क्रस भोट गर्दा बदर बढी हुन्छ । निकै ठुलो मतपत्र र धेरै लाइनको भएकोले गठबन्धन गरेका दललाई भोट दिँदा अलमलिएर बदर मत बढेको हुन सक्ने शर्माको भनाई छ ।