धरान : धरान उपमहानगरपालिकाको वडानं. १७ मा नेकपा माओवादी केन्द्रबाट प्यानल नै विजयी भएको छ । 

धरान-१७ को वडाध्यक्षमा फेरि पनि नेकपा माओवादीबाट सूर्य बहादुर भट्टराई (मनोज) ले २१७६ मत प्राप्त गरी विजयी भएका छन् । भट्टराई यस भन्दा अघि २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि वडाध्यक्षमा निर्वाचित भइसकेका जनप्रतिनिधि हुन् । 

यसै गरी वडा सदस्यहरूमा महिला सदस्य तर्फ नेकपा माओवादी केन्द्रबाट शेषकुमारी घिमिरेले १८८५, दलित महिला सदस्यमा लक्ष्मी विश्वकर्माले १८६९, खुल्ला सदस्यमा नेकपा माओवादी केन्द्रबाटै मनिष विष्टले १७७५ र लक्ष्मण राईले १६२१ मत प्राप्त गरेर विजयी भएका छन् ।