धरान : धरान उपमहानगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

स्वतन्त्रबाट मेयरमा निर्वाचित भएका हर्कराज साम्पाङले  इनरुवामा शपथ ग्रहण गरेर आएपछि धरानमा उपमेयर , वडाध्यक्ष र सदस्यहरुको पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको हो । निर्वाचन अधिकृत पुष्करराज नेपालले नव निर्वाचित जनप्रतिनिधिहरूलाई प्रमाण पत्र वितरण गरेका थिए ।

निर्वाचन अधिकृतको कार्यालय धरानमा भएको कार्यक्रममा गठबन्धनबाट मेयरका उम्मेदवार नेपाली काँग्रेसका किशोर राई, नेकपा एमालेकी मञ्जु भण्डारी सुबेदी, प्रदेश सांसद उमिता बराइली, सावित्री श्रेष्ठ, सांसद किरण कुमार राई, प्रदेश १ का सभामुख प्रदीप भण्डारी लगायतले नव निर्वाचित जनप्रतिनिधिहरूलाई शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा मेयर हर्कराज साम्पाङले आफू धरान र धरानेहरुको समस्या बोकेर हिँड्ने व्यक्ति भएकोले अब काम गर्ने ठाउँमा पुगेकोले धरान र धरानेको हितमा काम गर्ने प्रतिबद्धता जनाए । 

Sapath-Grahan-2