धरान  : धरान उपमहानगरपालिकाको नव निर्वाचित उपमेयर आइन्द्र विक्रम बेघाले आज देखि पदभार ग्रहण गरेका छन् । 

आज दिउसो पद तथा गोपनीयताको शपथग्रहण गरिसकेपछि धरान उपमहानगरपालिकामा आफ्नो कार्यकक्षमा पुगी पदभार ग्रहण गरेका हुन् । उनले पदभार ग्रहण गर्दै न्याय सम्पादन सम्बन्धमा असक्त असहाय महिला तथा अपाङ्ग वर्गका लागि शीघ्र इजलास सञ्चालन गरी द्रुत न्याय सेवा दिने निर्णयमा हस्ताक्षर गर्दै पदभार ग्रहण गरेका हुन् । 

पदभार ग्रहण गर्दै उपमेयर बेघाले गठबन्धन दलबाट उपमेयरमा जीत हासिल गरेको यो सिङ्गै धरान र धरानेको जित भएको बताउँदै धरानको विकास र समृद्धिमा सबै मिलेर लाग्नुपर्ने बताए । यसका लागि धरान उपमहानगरपालिकाका कर्मचारीहरूले पनि साथ सहयोग गर्नुपर्ने बताए । 

धरानको मुख्य समस्या खानेपानी भएकोले खानेपानी समस्या समाधानका लागि सर्दु र खर्दु को बिचमा खानेपानी संरक्षणका लागि करिब १५ करोडको चेक ड्याम निर्माणको परिकल्पा गरिएको पनि उपमेयर बेघाले बताए ।  

Nirnaya