इटहरी : इटहरी उपमहानगरपालिकाका नवनिर्वाचित  मेयर हेमकर्ण पौडेलले सोमबार पदभार ग्रहण गरे । पदभार ग्रहण गरेसँगै उनले पाँच बुँदे निर्णय गरेका छन् । 
गरिब, दलित, अल्पसङ्ख्यक, विपन्न, असक्त, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य बिमा उनको पहिलो निर्णय रहेको छ । महिलाहरूलाई नवजात शिशु पोषण अन्तर्गत दुई हजार एक सय उपलब्ध गराउने निर्णय गरिएको छ । महिला लाई विशेष प्राथमिकता दिइएका निर्णयमा भने उपमेयर सङ्गीत चौधरीले हस्ताक्षर समेत गरिनन् । 
सरकारले लागू गरेको स्वास्थ्य बिमा अन्तर्गत उपचार गर्न बाहिर जाँदा लिनुपर्ने रेफर लेटर सम्बन्धित वडाको स्वास्थ्य संस्थाबाटै लिन व्यवस्था मिलाइने निर्णय भएको मेयर पौडेलले बताए । त्यससँगै सार्वजनिक विद्यालयमा शिक्षाको गुणस्तर सुधारका लागि अङ्ग्रेजी माध्यमबाट पठनपाठनको व्यवस्था मिलाउने प्रबन्ध गर्ने निर्णय गरिएको उनको भनाइ छ ।
नगर कार्यपालिकाको नगरसभा र नगर कार्यपालिकाको बैठक सञ्चार माध्यमबाट प्रत्यक्ष प्रसारण गर्ने निर्णय पनि गरिएको छ।
tippani