धरान : स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलहरूले चुनावी सभामा कसले धेरै मानिस उतार्ने भनेर होडबाजी नै चल्यो । तर एक जना जो एक्लै धरानका चौक र गल्लीहरूमा भाषण गर्दै हिडने हर्कराज राई (साम्पाङ) ले स्थानीय निर्वाचनमा विजय प्राप्त गर्लान् भन्ने ती दलहरूले अलिकति पनि सोचेका थिएनन् । जित्न चाही जित्दैनन् भोट काट्छ भनेर सम्म अड्कलबाजी चाही सबैले गरेका थिए । तर आज तिनै एक्लो मान्छे हजारौँ समर्थकका साथ विजय प्राप्त गरी धरानमा धन्यवाद र्‍यालीमा हिडीरहेका छन् ।
आज बिहान समर्थकका साथ धरान उपमहानगरपालिकामा पुगेर पदभार ग्रहण गरेपछि आफूलाई मत दिने मतदाताहरूलाई धन्यवाद दिन धन्यवाद र्‍यालीमा नव निर्वाचित मेयर हर्कराज राई (साम्पाङ) सरिक भएका छन् । 
धन्यवाद र्‍यालीका लागि मेयर राईले भिडियो लाइभ मार्फत भ्याउनुहुने जतिलाई सहभागी हुन अनुरोध गरेका थिए । धरान-१२ स्थित पब्लिक हाई स्कुलको खेल मैदानमा आज त्यही सन्देशको भरमा हजारौँ समर्थकहरू भेला भए र धन्यवाद र्‍याली विशाल र्‍याली बन्यो। र्‍यालीले धरानको छाताचौक, लक्ष्मी सडक, जिरोप्वाईन्ट, फुस्रे, अमरहाट, कृषि बजार हुँदै पुरानो बजार, बाझगरा, भानुचौक, धनकुटे रोडबाट क्यामगेट र बुद्धचौक सम्म हुने बताइएको छ । भोलि फेरि र्‍यालीको रुट तय गर्ने बताइएको छ । र्‍यालीमा जति मतदान धरानेले गरेका थिए आज खुलेर निस्किएका छन्।विगतमा धरानेले राजनीतिक दलको विजय जुलुस देखेका थिए तर आज धरानवासीले स्वतन्त्र जुलुस देखे । विगतमा  विभिन्न राजनीतिक दलको रँगी विरङ्गी झण्डासँगको विजय जुलुस हुने गर्दथ्यो । तर आज लौरो अङ्कित झण्डा र राष्ट्रिय झण्डा बोकेका समूहको जुलुस साँच्चै स्वतन्त्र लागेको धरान-१२ का शतिश अग्रवालले बताए । हिजो निर्वाचनमा गोप्य मतदान गरेका दरानवासीहरू आज स्वतःस्फूर्त र्‍यालीमा सहभागी भए । 
राजनीतिक दलहरूको खोक्रो आदर्श भरिएको भाषणले हैरान भएपछि यस पटक धरानेले स्वतन्त्र उम्मेदवार रोजेको राजनीतिक विश्लेषकहरू बताउँछन् ।
Reyali-2हिजो जनताको साथमा रहेका हर्क साम्पाङलाई यस पटक जनताले अभिमत दिएर जिम्मेवार निकायमा पुर्याएकाछन् । अब साम्पाङले जनभावना अनुसार के कति काम गर्न सक्ने हुन अबको दिनले बताउनेछ । उनी भन्छन् सबैले मिलेर काम गर्ने हो । जनताको अभिमतको सम्मान गरेर अघि बढ्छु ।
Reyali-5Reyali-4