धरान : सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टीका भातृसंगठन समाजवादी युवा सङ्घको आयोजनामा समाजवादी विद्यार्थी सहितले धरानमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध गरेको छ ।

युवा र विद्यार्थीको एक समूहले प्लेकार्ड सहितको नाराबाजी गर्दै मूल्य वृद्धिको विरोध गरेको हो । शेरबहादुर देउवाको नेतृत्वमा रहेको गठबन्धन सरकारले लगातार मूल्य वृद्धि गरेपछि युवा र विद्यार्थीले विरोध गरेको हो । मातृपार्टि समाजवादी सत्तामा भए पनि मूल्य वृद्धि नियन्त्रण नगरेको भन्दै विरोध गरेको हो ।

शान्ति पथबाट निस्केको विरोध जुलुसमा प्लेकार्डमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर, गरिबमारा सरकार मुर्दावाद, मूल्य बढाउन पाइँदैन, जनता मार्न पाइँदैन,करको नाममा गरिब मार्न पाइँदैन,कर ठगी सरकार मुर्दावाद, कमिसन खोरी सरकार चहिदैन, जनता बेच्न पाइदै जस्ता नारा लेखिएका थिए ।

शान्ति पथबाट धरानको भानुचोकमा पुगेर कोणसभामा परिणत भएको थिए । कोणसभालाई सम्बोधन गर्दै समाजवादी युवा सङ्घका प्रदेश अध्यक्ष श्री सुब्बाले जनतालाई मूल्य वृद्धि गरेर मारमा पारेको बताए । साङ्केतिक रूपमा मात्र भएको विरोध मूल्य नघटाए थप आन्दोलन गर्ने चेतावनी दिए ।

धरान नगर युवा इन्चार्ज रबी पाख्रिनले समृद्ध नेपालको सपना देखाएर नेपाली जनतालाई सधैँ मूल्य वृद्धिको मारमा पारेको बताए । नेताहरूको घर परिवार मात्र समृद्धि भएको भन्दै उनीहरूलाई मूल्य वृद्धिले केही नहुने बताए । सरकारले यस तर्फ ध्यान नदिए युवाहरू थप आन्दोलन गर्न बाध्य हुने बताए ।

समाजवादी विद्यार्थी युनियन महेन्द्र क्याम्पस इकाई अध्यक्ष युवराज राईले सरकारले मूल्य वृद्धि गरेर नेपाली जनताको ढाड सेकाएको आक्रोश पोखे । अव सबै नगर जिल्ला प्रदेश हुँदै देश व्यापी आन्दोलन गर्नुपर्ने बताए । उनले राज्यले बढाएको तेलको मूल्य वृद्धिले खाद्यान्न लगायतमा स्वतह मूल्य बढेर जाने हुनाले यसलाई नियन्त्रण गर्नुपर्ने बताए । सरकाले पेट्रोलियम पदार्थको विकल्पमा बिद्युतिय सवारी लानुपर्ने बताए । साथै मूल्य वृद्धि समायोजन गर्न करलाई समायोजन गर्न सकिने बताए ।

कोणसभालाई समापन गर्दै समाजवादी युवा सङ्घ अध्यक्ष करुण राईले सरकारलाई चेतावनी स्वरूप साङ्केतिक विरोध मात्र गरेको बताए । पटक पटक मूल्य वृद्धि गरेर जनतालाई बाँच्न नदिएको भन्दै सरकारले नसुने थप आन्दोलनको कार्यक्रम अगाडि बढाउने चेतावनी दिए ।

Jasapa-1