दमक : झापामा यात्रुबहाक बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। झापाको शिवसताक्षीमा बिहान भएको दुर्घटनामा प्रदेश नम्बर १-०२०४० प ७१४९ नम्बरको पल्सर मोटरसाइकलमा सवार दुई जनाको बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
पश्चिमबाट पूर्व जाँदै गरेको बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको हो। ट्राफिक प्रहरीका अनुसार मृत्यु हुनेमा मोरङ पथरीशनिश्चरे-८ का २६ वर्षीय प्रकाश राई र भोजपुर षडानन्द नगरपालिकाका २६ वर्षीय जितुहाङ राई रहेका छन्। आज बिहान को १ ख ७१८७ नम्बरको झुल्केदेवी यातायातको यात्रु वाहक बसले मोटरसाइकलमा सवार उनीहरूलाई ठक्कर दिँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।
उनीहरू मध्ये एक जना प्रहरी जवान भएको र एक जना भर्खरै स्थानीय निर्वाचनमा खटिएका म्यादी प्रहरी भएको बताइएको छ। बसलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा राखेको छ।