झापा : झापाको बिर्तामोड नगरपालिकाबाट १ लाख ७५ हजार नगद सहित तास, कौडा खेल्ने ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हिजो बेलुका बिर्तामोड–५ का ३८ वर्षीय डालकुमार राईको घरको कोठामा जुवा जन्य खेल खेलिरहेको छ भन्ने गोप्य सुचनाको  आधारमा इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले तास र कौडा खेलिरहेका इलाम सूर्योदय नगरपालिका –१० का ३० वर्षीय दिलकुमार श्रेष्ठ, बिर्तामोड–५ का ३६ वर्षीय सञ्जीव घतानी, ४२ वर्षीय ससुहाङ चेम्जोङ, ३८ वर्षीय डालकुमार राई (घरधनी) र मेचीनगर–२ का ४८ वर्षीय भूपू राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी वसन्त पाठकले जानकारी दिएका छन् ।

प्रहरीले १ लाख ७४ हजार ७३५ रुपैयाँ, ३ बुङ तास र १५ थान कौडासमेत बरामद गरेको छ ।